पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत ८, काठमाडौं | भारतमा एक बालिकाको बलात्कारपछि हत्या भएको छ । दैनिक ज्यालादारी गर्ने एक भारतीय मजदुरकी ६ वर्षीय छोरीको तेलङ्गनामा बिहिबार होली खेल्न निस्किएका बेला बलात्कारपछि हत्या भएको हो ।<br></p><p>द हिन्दुको एक रिपोर्ट अनुसार बालिकाको काटिएको शव झाडीमा भेटिएको थियो । पुलिसले उनको बलात्कारपछि हत्या गरेको आशंका गरेको छ ।</p><p>बिहारका एक किशोरले रक्सीको मातमा बालिका बलात्कार गरेको बताइएको छ । एजेन्सी </p>

