2026-06-26 01:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जहाज दुर्घटनामा एक सय जनाको मृत्यु

2019-03-23

चैत ९, बग्दाद | इराकको मोसुल शहरको टिग्रिस नदीमा एउटा जहाज डुब्दा झण्डै १ सय व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्। आन्तरिक मन्त्रालयले मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ। सो जहाजमा करिब २ सयजना सवार रहेको अनुमान गरिएको छ।

नयाँ वर्षको उत्सव मनाउन तिनीहरू एउटा पर्यटकीय टापूतर्फ गइरहेको बताइएको छ। मोसुलको जनसुरक्षा निकायले अधिकांश यात्रु पौडिन नजान्ने रहेको पनि जनाएको छ। मृत घोषित भइसकेका ९४ जनामध्ये कम्तिमा १९ जना बालबालिका र ६१ जना महिला रहेका छन् भने ५५ जनालाई सकुशल उद्धार गरिएको थियो। सो जहाज मोसुलको मध्यभागदेखि करिब ४ किमि उत्तरमा पर्ने पर्यटकीय क्षेत्रमा रहेको उम रावायन टापूतर्फ गइरहेको थियो।

सो क्षेत्रका मानिसहरू नयाँ वर्ष नोरुज मनाउनमा व्यस्त रहेका छन्। सो जहाजका एकजना यात्रुले क्षमताभन्दा बढी यात्रु चढाइएकाले भारी वजनको कारण जहाजभित्र पानी पसेको बताएका छन् । एजेन्सीजहाज दुर्घटनामा एक सय जनाको मृत्यु

चैत ९, बग्दाद | इराकको मोसुल शहरको टिग्रिस नदीमा एउटा जहाज डुब्दा झण्डै १ सय व्यक्तिको ज्यान गएको सरकारी अधिकारीहरूले जनाएका छन्। आन्तरिक मन्त्रालयले मारिनेमध्ये अधिकांश महिला र बालबालिका रहेको जनाएको छ। सो जहाजमा करिब २ सयजना सवार रहेको अनुमान गरिएको छ।

नयाँ वर्षको उत्सव मनाउन तिनीहरू एउटा पर्यटकीय टापूतर्फ गइरहेको बताइएको छ। मोसुलको जनसुरक्षा निकायले अधिकांश यात्रु पौडिन नजान्ने रहेको पनि जनाएको छ। मृत घोषित भइसकेका ९४ जनामध्ये कम्तिमा १९ जना बालबालिका र ६१ जना महिला रहेका छन् भने ५५ जनालाई सकुशल उद्धार गरिएको थियो। सो जहाज मोसुलको मध्यभागदेखि करिब ४ किमि उत्तरमा पर्ने पर्यटकीय क्षेत्रमा रहेको उम रावायन टापूतर्फ गइरहेको थियो।

सो क्षेत्रका मानिसहरू नयाँ वर्ष नोरुज मनाउनमा व्यस्त रहेका छन्। सो जहाजका एकजना यात्रुले क्षमताभन्दा बढी यात्रु चढाइएकाले भारी वजनको कारण जहाजभित्र पानी पसेको बताएका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ