पढ्न करिब 1 मिनेट लाग्छ
<p>चैत १७, बेइजिङ । इक्वेडरको दक्षिण पश्चिमी शहर सान्ता एलेना नजिक आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको छ । <br></p><p>अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्प स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे गएको हो । </p><p>भूकम्पको केन्द्रविन्दु जमिनको सतहबाट करिब १९ किलोमिटर मुनि रहेको थियो । भूकम्पबाट भएको जनधनको क्षतिका बारेमा स्थानीय प्रशासनले जानकारी सङ्कलन गर्न लागेको जनाएको छ । </p>

