Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

एलन मस्कको १ अर्ब डलर दुई मिनेटमै डुब्यो !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

चैत २२, काठमाडौं | इलेक्ट्रिक कार कम्पनी टेस्लाको सेयरमा बिहिबार ८.१८ प्रतिशतले गिरावट भएको छ । यसले कम्पनीको मार्केट क्याप ४.१२ अर्ब डलर घटेको छ । सेयर यसकारण खस्कियो किनभने जनवरी–मार्च त्रैमासिकमा टेस्लाको वाहन बिक्रि ३१ घटेको छ । कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो । कम्पनीको इतिहासमा यो सबैभन्दा ठूलो त्रैमासिक गिरावट हो । टेस्लाले बुधबार वाहन बिक्रिको आँकडा जारी गरेको थियो ।

न्यूयोर्क सेयर बजार खोलिएको दुई मिनेट भित्रै टेस्लाको सेयरमा आएको गिरावटले मुख्य कार्यकारी अधिकारी एलन मस्कको नेटवर्थ ९१.४ करोड डलर घटेर २२.५ अर्ब डलर रह्यो । उनको कूल सम्पत्तिमा टेस्लाको शेयरहोल्डिङ समावेश छ ।

बिहिबार इन्ट्रा–डेमा टेस्लाको शेयरमा ११ प्रतिशतसम्म गिरावट आएको थियो । यसले मस्कको नेटवर्थमा १ अर्ब डलरसम्मको क्षती दर्ता गरिएको । तर पछि केही भरपाई भयो किनभने शेयर तल्ला स्तरबाट रिकभर भयो र ८.१८ प्रतिशतको गिरावटसहित कारोबार समाप्त भयो ।

अक्टोबर–डिसेम्बर त्रैमासिकको तुलनामा यो ३१ प्रतिशतको कमी हो । जनवरी–मार्चमा टेस्लाको बेस्ट सेलिङ कार–मोडल थ्री सेडानको ५० हजार ९ युनिट बिक्रि भएको थियो । लज्जरी –मोडल एस सेडान र मोडल एक्स एसयूवीको १२ हजार एक सय युनिट बिक्री भयो । दुई वर्षमा पहिला पटक टेस्लाको त्रैमासिक बिक्रि घटेको हो । एजेन्सी