२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्ट्रपति ट्रम्पको त्यो आलोचना ! जुन सहन नसक्दा बैठकबाटै बाहिरिइन् गृहमन्त्री

२०७५, २५ चैत्र सोमबार ०७:४८

चैत २५, वासिङ्टन । अमेरिकी गृहमन्त्री (होमल्यान्ड सेक्युरिटी) कस्र्टजेन निल्सनले आइतबार आफ्नो पदबाट राजीनामा दिएकी छन् । 

राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यअमेरिकी राष्ट्रहरुबाट मेक्सिकोको सीमा हुँदै आप्रवासीको अमेरिका प्रवेशलाई रोक्न पर्याप्त कदम नचालेको भन्दै आलोचना गरेसँगै निल्सनले राजीनामा दिएकी हुन् । 

राष्ट्रपति ट्रम्पले पनि ट्वीट गर्दै निल्सनको राजीनामा स्वीकृत गरिएको बताएका छन् । उनले गृह मन्त्रालयको जिम्मेवारी हाल अमेरिकी भन्सार तथा सीमा सुरक्षा आयुक्त केभिन म्याकअलीनानलाई दिएका छन् ।


म्याकअलीनान लामो समयदेखि अमेरिकी भन्सार तथा सीमा सुरक्षा विभागमा कार्यरत रहेका थिए । उनी अमेरिकी कङ्ग्रेस एवं प्रशासनभित्र निकै सम्मानित व्यक्तित्व पनि हुन् ।

‘जिम्मेवारीबाट बाहिरिने अहिले सबैभन्दा उत्तम समय हो भन्ने मैले ठानेकी छु,’ निल्सनले लेखेको अवकाशपत्रमा उल्लेख छ । ‘अब नियुक्त हुने मन्त्रीलाई कङ्ग्रेसको पूर्ण समर्थन रहने र आप्रवासीका सम्बन्धमा देखिएका कानुनी जटिलताहरु फुक्दै जाने मैले विश्वास लिएकी छु ।’

अमेरिकी कानुनी व्यवस्थामा रहेका जटिलताका कारण आप्रवासीहरु सहजै अमेरिका प्रवेश गर्ने गरेको पूर्वमन्त्री निल्सनको धारणा छ । 

यही तथ्यलाई मनन गरी ट्रम्प प्रशासनले गृह विभागमा व्यापक फेरबदल गर्न चाहेको छ । 

राजीनामा गर्नुअघि निल्सनले गत शुक्रबार ट्रम्पसँगै अमेरिकी–मेक्सिको सीमा क्षेत्रको भ्रमण गरेकी थिइन् । त्यहाँ अमेरिकी सीमा अधिकारीहरु र स्थानीय कानुन कार्यान्वयन एजेन्सीका अधिकारीहरुसँग गोलमेच बैठक समेत गरिएको थियो । ती बैठकमा राष्ट्रपति ट्रम्पले चर्को आलोचना गर्न थालेपछि निल्सन बैठक कक्षबाहिर समेत निस्किएकी थिइन् ।

सीमा क्षेत्रको भ्रमणपछि निल्सन वासिङ्टन फर्किएकी थिइन् भने राष्ट्रपति ट्रम्प क्यालिफोर्निया र नेभादातर्फ चुनावी सभामा सम्बोधन गर्न प्रस्थान गरेका थिए ।

निल्सनका नजिकका व्यक्तिहरुका अनुसार निल्सनले अरु विभागबाट पर्याप्त सहयोग प्राप्त गर्न नसकेको तथा कठिन आप्रवासन मामिलामा ट्रम्पका सहयोगी एवं सल्लाहकारबाट अनावश्यक दबाब दिएको अनुभव गरेकी थिइन् । आइतबार उनी ह्वाइटहाउस पुगेर राजीनामा बुझाएकी थिइन्, तर जानकारहरुका अनुसार यो राजीनामा स्वेच्छिक थियो ।

ट्रम्प प्रशासनमा टिक्न नसकेर राजीनामा गर्ने निल्सन पछिल्लो व्यक्ति हुन् । यो राजीनामासँगै ह्वाइट हाउसका महत्वपूर्ण पदहरु रिक्त भएका छन् । रक्षामन्त्री जीम म्याटिसले राजीनामा दिएपछि कार्यवाहक रक्षामन्त्रीको रुपमा प्याट्रिक शाहनानले जिम्मेवारी पाएका छन्  । जोन केलीले गत वर्ष राजीनामा गरेपछि रिक्त भएको ह्वाइट हाउसको महत्वपूर्ण चिफ अफ स्टाफको पदमा माइक मल्भेनीले कार्यवाहक भएर काम गरिरहेका छन् । –एपी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी शोभा पाठक र महेश बस्नेतकी श्रीमतीबीच माइतीघरमा झडप सरकारको कार्यशैलीले नागरिक त्रसित हुनुपर्ने, दिक्दारी सृजना गर्ने अवस्था हुनु हुँदैन: प्रदीप पौडेल