पढ्न करिब 2 मिनेट लाग्छ

फागुन १६, काठमाडौँ | चिनको हुवानबाट विश्वभर फैलिएको कोरोना भाइरस कोभिड–१९ ले महामारीको रुप लिएपछि कुनैपनि देश ढुक्क भएर बस्ने स्थिति नभएको भन्दै विश्व स्वास्थ्य संगठनले चेतावनी दिएको छ |उक्त भाइरसको सङ्क्रमण ५० देशमा फैलिएको विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जनाएको छ |

हाल सम्म कोरोना भाइरस पुष्टि भएका ३६ हजार ६ सय ३३ जना उपचारपछि घर फर्किएका छन | नमा मात्रै ३६ हजार एक सय ३६ जना उपचारपछि घर फर्किएका छन् भने अहिलेसम्म दुई हजार ८ सय ३२ जनाको ज्यान गएको छ । यस्तै ७९ हजार एक सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ |

चीनपछि इरानमा सबैभन्दा धेरै २६ जनाको ज्यान गएको छ | जापान र इराकमा भने सबै बिद्यालय बन्द भइसकेका छन् | साउदी अरबले विदेशी तीर्थयात्रीलाई प्रवेशमा रोक लगाएको छ भने इरानले आफ्ना नागरिकलाई अनावश्यक घुमफिरमा समेत रोक लगाएको छ |

इटालीमा पनि १७ जनाको ज्यान गएको छ र ११ शहरका नागरिकलाई क्वारेन्टाइनमा राखेको छ भने ग्रीसले रोमन क्याथलिक धर्म मान्नेहरुको उत्सव कारनिभलमा गरिने गतिविधि स्थगित गरेको बीबीसीले जनाएको छ | विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रस एड्हानोम गेहब्रेयससले चीनबाहिर फैलिएको सङ्क्रमण खतरानाक बिषय भेक्जो बताएका छन् |

केहि समय अघि मात्रै विश्व विश्वस्वास्थ्य संगठनले विश्व स्वास्थ्य आपत्काल घोषणा गरिसकेको छ |