Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

भारतमा कोरोनाभाइरस संक्रमित व्यक्तिले गरे आत्महत्या

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>चैत ६, एजेन्सी |</b> भारतको राजधानी दिल्लीमा कोरोना संक्रमणको आशंका गरिएका एक व्यक्तिले अस्पतालको भवनबाट हाम्फालेर आत्महत्या गरेका छन् | कोरानोबाट संक्रमित आशंका गरिएका दिल्लीको सफदरजंग अस्पतालमा भर्ना भएका ३५ वर्षीय युवकले आत्महत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् |<br></p><p>टाइम्स अफ इन्डियाका अनुसार, ती युवक अस्ट्रेलियाको सिड्नीबाट हालै फर्किएका थिए |&nbsp; दिल्ली एयरपोर्टमा स्वास्थ्य परीक्षणका क्रममा कोरोना संक्रमणको आशंकामा अस्पताल लगिएको जनाइएको छ | विश्व्यापी रुपमा फैलिरहेको कोरोनाभाइरस भारतमा पनि फैलिएको छ | बिहीबारसम्म भारतमा १७० जना कोरोना भाइरस संक्रमित विरामी पुगेका छन् | ३ जनाको मृत्यु भिसैको छ | त्यस्तै १६ जना उपचार गरेर घर फर्किका छन् । </p><p>भारतको महाराष्ट्रमा ४५ जना, आन्द्र प्रदेशमा २, दिल्ली १०, हरियाणा १७, कर्नाटक १४, केरला २७, पंजाव २, राजस्थान ७, तमिलाडू एक, तेलंगाना १३, जम्मुकस्मिर ४, लद्दाख ड, उत्तरप्रदेश १०, उत्तरखण्ड एक, ओडिशा एक र पश्चिम वंगालमा एक जना कोरानो संक्रमित भटिएको छन् |</p>