Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

विश्व संक्रमणको तेश्रो स्थानमा उक्लिने क्रममा भारत, गत २४ घण्टामा नयाँ रेकर्ड

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार २१, काठमाडौँ | भारतमा कोरोना संक्रमितको संख्या ६ लाख ७३ हजारभन्दा बढी संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा नयाँ संक्रमितको रेकर्ड २४ हजारभन्दा बढी रहेका छन् ।

गत २४ घण्टामा भारतमा कोरोना संक्रमित भई निको हुनेहरुको संख्या  १४ हजार ३२७ जना निको भएका छन् । covid19india.org का अनुसार, गत २४ घण्टामा महाराष्ट्रमा एकै दिन सबैभन्दा बढी ७ हजार ७४ जनामा कोरोना संक्रमण फेला परेको छ । भारतको उक्त राज्यमा २ लाखभन्दा बढी संक्रमित पुगेका छन्, जहान ८ हजार ६७१ जनाको मृत्यु भईसकेको छ ।

उता, विश्वको संक्रमण स्थितिलाई हेर्दा भारतले रुसलाई पछी पार्ने क्रममा छ । वोर्ल्डोमिटर डट इन्फोको रेकर्ड अनुसार भारत र रुसको कोरोना संक्रमितको तथ्यांक १००० भन्दा कामको फरकमा छ । विश्वमा संक्रमणको स्थितिलाई हेर्दा अमेरिका पहिलो स्थानमा छ भने ब्राजिल दोश्रो स्थानमा छ, त्यस्तै रुस तेश्रो स्थानमा रहेको छ । रुसमा संक्रमितको संख्या ६ लाख ७४ हजार ५१५ हुँदा चौथो स्थानमा रहेको भारतमा संक्रमितको संख्या ६ लाख ७३ हजार ९०४ रहेको छ । जुन ६११ जनाले मात्र फरक हो ।