पढ्न करिब 2 मिनेट लाग्छ

साउन ११, जेनेभा । आगामी महिना (अगस्ट) मा सिरियामा विगत पाँच वर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि नयाँ चरणको वार्ता सुरु हुने कुरा मङ्लबार संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि प्रतिनिधि स्टेफेन डे मिस्टुराले बताउनुभएको छ ।

पटकपटक भएका वार्ता सिरियाको द्वन्द्व अन्त्य गर्न असफल भए पनि द्वन्द्वरत पक्षलाई वार्ताको विकल्प नभएको निष्कर्षमा पु¥याएको बताउँदै अब हुने वार्ताले सिरियाको आन्दोलनलाई अन्त्य गर्नेमा आफू विश्वस्त रहेको राष्ट्रसङ्घका सिरिया प्रमुख मिस्टुराले बताउनुभयो ।

हामी अगस्टको अन्त्यतिर सिरियामा द्वन्द्वरत पक्ष र बसर अल असदको सत्ताबीच तेस्रो चरणको वार्ता प्रक्रियालाई अगाडि बढाएर सन् २०११ देखि जारी द्वन्द्वलाई अन्त्य गर्ने कार्यमा जुटेका छौँ, उहाँले थप्नुभयो ।

मिस्टुराले सिरियामा द्वन्द्वरत केही विद्रोहीसमूहलाई सहयोग पुर्याउँदै आएको संयुक्त राज्य अमेरिका र असदलाई सहयोग पु¥याउँदै आएको रसियाका उच्च अधिकारीसँगको छलफलपछि सो कुरा बताउनुभएको हो ।

दुवै देशसँगको कुराकानीपछि पुनः सुरु गरिने वार्ताले सिरियाको द्वन्द्वलाई अन्त्य गर्ने आसा पलाएको छ । सिरियामा जारी द्वन्द्वका कारण करिब एक लाख ८० हजार सिरियाली नागरिकको मृत्यु भएको छ । हजारौँ अपाङ बनेका छन् भने सिरियाको जनसङ्ख्याको आधा जनसङ्ख्या आन्तरिक एवम् बाह्य गरी विस्थापित भएको छ । रासस/एएफपी