पढ्न करिब 1 मिनेट लाग्छ
<p>मंसिर ३, एजेन्सी | अब रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र उनको परिवारविरुद्ध उनी राष्ट्रपति नहुँदा पनि कुनै प्रकारको आपराधिक मुद्दा चलाउन नपाइने भएको छ | रुसी संसदको तल्लो सदन डूमाले एक विधेयकलाई समर्थन दिएसंगै पुटिन र उनको परिवारविरुद्ध आजिवन मुद्दा दर्ता गर्न नपाइने भएको हो |<br></p><p>पुटिनको रुसको दुबै सदनमा बहुमत छ | राष्ट्रपति पुटिनको कार्यकाल सन् २०२४ मा पूरा हुनेछ तर संशोधन अनुसार उनी २०२४ पछि पनि दुई कार्यकाल १२ वर्षसम्म राष्ट्रपति पदमा रहनसक्ने छन् | सन् २००० देखि पुटिन रुसको सत्ताको शीर्ष स्थानमा छन् र यतिबेला उनले आफ्नो शक्तिको भरपुर प्रयोग गरेका छन् |</p><p>पहिलोपटक यसलाई मंगलबार पारित गरिएको थियो | सदनमा पुटिनको समर्थक पार्टी यूनाइटेड रशियाको बहुमत छ | तर बामपन्थी सांसदको ३७ भोट यो विधेयक विरुद्ध खसेको थियो |</p>

