Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यस्तो छ कतारमा कोरोनाको अवस्था

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस १०, काठमाडौँ | कतारमा पछिल्लो २४ घण्टामा १५७ जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ | ति मध्ये ११९ कतारका नागरिक हुन् भने ३८ जना अन्य मुलुक बाट आएका आप्रवासी नागरिक हुन् |

यो संगै कतारमा भाइरस संक्रमण पुष्टि भएको कुल संख्या १,४२,६०५ पुगेको त्यँहाको स्वास्थ्य मन्त्रालयले जनाएको छ | २४ घण्टामा ९४७५ जनामा कोरोना परिक्षण गरिएको मन्त्रालयले जनाएको छ |

उक्त भाइरसका कारण कतारमा हाल सम्म ज्यान गुमाउनेको संख्या २४३ पुगेको छ | त्यस्तै २४ घन्टामा १४० जना कोरोना संक्रमण मुक्त भएका छन् | योसंगै  १,४०,४०४ जना कोरोना संक्रमण मुक्त भएका छन् |

सरकारले संक्रमित र मृत्यु हुनेको परिचय भने खुलाएको छैन | त्यस्तै २४ घन्टामा १८ जनाको अस्पतालमा उपचार भर्ना भएका छन् |त्यस्तै २२५ जना आईसीयुमा भर्ना भएका भएका छन् |