साउन २४, पाकिस्तान । दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा सोमबार बिहान भएको आत्मघाती बम "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... साउन २४, पाकिस्तान । दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा सोमबार बिहान भएको आत्मघाती बम "/>
2026-06-25 04:07 AM
काठमाडौँ - KTM

पाकिस्तान अस्पताल विस्फोटमा मारिनेको सङ्ख्या ५३ पुग्यो

2016-08-08

साउन २४, पाकिस्तान । दक्षिणपश्चिमी पाकिस्तानी सहर क्वेटामा अवस्थित एक अस्पतालको आकस्मिक कक्षमा सोमबार बिहान भएको आत्मघाती बम विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या ५३ पुगेको छ । 

यस भीषण बम हमलामा परी कम्तीमा ५६ व्यक्तिको घाइते भएका स्थानीय सञ्चार माध्यम उर्दु र अन्य अधिकारीहरुले जनाएका छन्. । उक्त विस्फोट बलुचिस्तान प्रान्तका बार एसोसियसनमा अध्यक्ष अर्थात वरिष्ठ वकिलको निधनप्रति शोक व्यक्त गर्न उहाँको शव अस्पतालबाट लैजान ठूलो सङ्ख्यामा उपस्थित भएका वकिल, पत्रकारहरुका माझ गराइएका बलुचिस्तान प्रान्तका मुख्य मन्त्री सनाउल्लाह जेहरीले बताउनुभएको छ । 

बार एसोसियसनका ती अध्यक्ष तथा वरिष्ठ वकिल बिलाल अन्वार कसी पनि सोमबार बिहान सबेरै भएको एक आक्रमणमा मारिएका थिए । आफ्नो घरबाट कार्यालयतर्फ जाने क्रममा अज्ञात बन्दुकधारीको आक्रमणमा आज बिहान कसी मारिएका हुन । 

अस्पतालको आकस्मिक कक्षमा शोक प्रकटका क्रममा जम्मा भएका वकिल, पत्रकार, क्यामराम्यान र अन्य सर्वसाधारणहरुको भिडलाई लक्ष्य गरी करिब १० किलो विस्फोटक पर्दाथ बोकेका एक आत्मघाती आक्रमणकारी आक्रमण गरेका बताइएको छ । 

यस आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएको छैन् । प्राप्त पछिल्लो जानकारी अनुसार यस आक्रमणमा मारिएका व्यक्तिको सङ्ख्या ५३ पुगेको यो सङ्ख्या बढ्नसक्ने अनुमान गरिएको बलुचिस्तान प्रान्तका स्वास्थ्यमन्त्री सलेह बलुचले बताउनुभएको छ । रासस/सिन्हवा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक