पढ्न करिब 1 मिनेट लाग्छ

असोज २७, एजेन्सी | आज १३ अक्टोबर । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ विश्व इतिहासमा आज भएका केही महत्वर्पूण घटनाः

मौरीसका राष्ट्रपतिमाथि गोली प्रहार

सन् २०१२ मा मौरिससका राष्ट्रपति मोहमद ओउल्ड अब्देल अजिजमाथि गोली प्रहार भएको थियो । सेनाले भूलवंश गोली चलाएको अनुसन्धानको क्रममा खुलेको थियो ।

कोइला खानीमा पुरिएका व्यक्तिको ६९ दिनपछि उद्दार

सन् २०१० को ५ अगस्टमा चिलीको कोपिआपोकोमा १२१ वर्ष पुरानो तामा खानी भत्किदा ३३ जना मजदूर खानीभित्र पुरिएका थिए । तीमध्ये ३२ जनाको तत्कालै उद्दार गरिएको थियो । तर, खानीभित्र फँसेका सान जोसको ६९ दिनपछि उद्दार गरिएको थियो ।

ह्वाइट हाउस निर्माण सुरू

अमेरिकी राष्ट्रपतिको अहिलेको कार्यलय ह्वाइट हाउसको निर्माण कार्य सन् १७९२ मा सुरू भएको थियो । आइरल्यान्डका बस्तुकलाबिद जेम्स होबनले ह्वाईट हाउसको डिजाइन गरेका थिए । निर्माण सुरू गरेको ८ वर्षपछि सम्पन्न भएको ह्वाईटहाउसमा पहिलो पटक सन् १८०० को १ नोभेम्वरमा तत्कालिन राष्ट्रपति जोन एडम्स बसेका थिए ।

पत्ता लाग्यो पुच्छ्रे तारा

फ्रान्सेली अन्तरिक्षयात्री चाल्र्स मेसियरले सन् १७७३ को १३ अक्टोबरमा पुच्छ्रे तारा पत्ता लगाएका थिए । पुच्छ्रे ताराको नाम ह्विरपोल ग्यालेक्सी दिइएको थियो ।