Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७८ मंसिर २९ गते, अपराह्न ४:३० बजे
काठमाडौँ - KTM

रुसी राष्ट्रपति पुटिन र फ्रान्सेली राष्ट्रपति म्याक्रोँबीच फोनवार्ता, के भयो कुराकानी ?

k By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी |</b> रुसी राष्ट्रपति भ्लादिमिरि पुटिन र फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँबीच फोनवार्ता भएको छ। उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको बताइएको छ। उनीहरुबीचमा खासगरी युरोपेली युनियन र बेलारुसबीचको आप्रवासी विवादका विषयमा कुराकानी भएको बताइएको छ।<br></p><p>उनीहरुले सो विषयमा कुराकानी गर्ने क्रममा रुसी राष्ट्रपति भ्लादिमिरि पुटिनले र फ्रान्सेली राष्ट्रपति म्याक्रोँसँग यस विवादको समाधान शान्तिवार्ताबाट गर्नुपर्नेमा जोड दिएका थिए। साथै यस कुराकानीका क्रममा युक्रेनका बारेमा पनि छलफल भएको थियो। युक्रेनको पछिल्लो अवस्थाका बारेमा पुटिनले म्याक्रोँलाई जानकारी गराएका थियो।</p><p>यस वार्ताका क्रममा दुई देशका राष्ट्रप्रमुखहरुका बीचमा हालैका दिनमा विश्वमा कोभिड १९ ले पारेको प्रभावका बारेमा कुराकानी पनि भएको र उनीहरु यो महामारीको नियन्त्रणका लागि संयुक्त रुपमा मिलेर लड्ने बारेमा सहमति भएको थियो।</p>