Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फिलिपिन्समा शक्तिशाली समुद्री आँधीबाट १२ को मृत्यु, एक करोड ३० लाख मानिस प्रभावित !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | फिलिपिन्समाआएकाे शक्तिशाली समुद्री आँधीबाट १२ जनाको मृत्यु भएकाे छ। समुद्री आँधीबाट एक करोड ३० लाख मानिस प्रभावित भएका छन्।

आँधीको बहाव क्षेत्रमा परेका घरहरु ढलेपछि मानिस विस्थापित भएका संयुक्त राष्ट्रसङ्घले जनाएको छ।

अहिलेसम्म १२ जनाको ज्यान गएको पुष्टि भएको बीबीसीले जनाएको छ । दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले पर्यटकीय क्षेत्र सिरगाओ टापुमा तहसनहस बनाएको छ।

सिरगाओमा रुखहरू जरैसँग उखेलिएका छन् । बिजुलीका तार र खम्बाहरू ढलेका छन् । एक सय ९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित अस्ति बिहीवार ‘राई’ समुद्री आँधी आएको थियो।

फिलिपिन्समा बारम्बार आँधी आउने गरेको छ। वर्षमा औसत २० आँधी आउने गरेका छन्।

यसअघि सन् २०२० को नोभेम्बरमा समुद्री आँधी ‘गोनी’ले मानवीय क्षति र विनाश गरेको थियो । त्यस्तै सन् २०१३ मा ६ हजार मानिसहरूको ज्यान जाने गरी ‘हैयान’ समुद्री आँधी आएको थियो।