Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

संसदमा मुक्का हानाहान !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ | विद्युतीय कारोबारमाथि कर लगाउनेसम्बन्धी प्रस्तावबारे छलफल हुने क्रममा घानाको संसद्‌भित्र कुटाकुट भएको छ । हप्तौंदेखि सांसद विभाजित बनाएको विद्युतीय कारोबारमाथि कर लगाउने प्रस्तावबारे सोमबार समेत छलफल भएको र सोही क्रममा सांसदहरूले एक-अर्कालाई मुक्का हानाहान गरेको द गार्जियनले जनाएको छ ।

उप-सभामुख जोसेफ ओसेइ ओवुसुले करबारे छलफल गरी पारित गर्नुपर्ने आवश्यकता रहेको भनेपछि उनलाई विपक्षी सांसदले घेराउ गरेका थिए । र सोही क्रममा विवाद चर्किएपछि सांसदबीच कुटाकुट भएको थियो । उक्त घटनापछि १८ जनवरीसम्मका बैठक स्थगित गरिएको समाचारमा उल्लेख छ ।

मोबाइलबाट हुने भुक्तानीसहितका विद्युतीय कारोबारमाथि १.७५ प्रतिशत कर लगाउने प्रस्ताव गत महिला संसद्‌मा पेश गरिएको थियो । अर्थ मन्त्री केन ओफिरी अट्टाले विद्युतीय कारोबारमाथि कर लगाउँदा करको दायरा बढ्ने र आगामी वर्ष १ अर्ब १५ करोड डलर राजस्व संकलन हुने तर्क गरेका छन् ।

तर विपक्षी सांसदले उक्त प्रस्तावको विरोध गर्दै आएका छन् । विद्युतीय कारोबारमा कर लगाउँदा न्यून आय भएका र औपचारिक बैंकिङ प्रणालीबाहिर रहेका एवं मोबाइलबाट कारोबार गर्ने मानिस प्रभावित हुने उनीहरूको भनाइ छ ।