पढ्न करिब 1 मिनेट लाग्छ

काठमाडौँ | कोरोना संक्रमण बढ्दै गएपछि चीनको सियान सहरमा लकडाउन गरिएको छ। १ करोड ३० लाख जनसंख्या भएको यो सहरमा मानिसहरुलाई घरमै बस्न भनिएको छ। डिसेम्बर ९ यता साङ्सी प्रान्तको सियानमा १४३ जनामा कोरोना संक्रमण देखिएको छ।

बुधबार सहरमा लगाइएको नयाँ प्रतिबन्ध अनुसार प्रत्येक दुई दिनमा घरमा एकजनालाई मात्र अत्यावश्यक वस्तुहरू किन्न बाहिर निस्कन दिइनेछ। चीनले कोरोना संक्रमण फैलिन नदिन ठूलो परिमाणमा परीक्षण र लकडाउनको रणनीति अपनाइरहेको छ।

चीनमा आगामी फेब्रुअरी २०२२ मा हुने शीतकालीन ओलम्पिकलाई ध्यानमा राखी सतर्कता पनि बढाइएको छ।

यस सहरका मानिसहरूलाई उचित कारणबिना शहर बाहिर निस्कन अनुमति छैन। यसका लागि प्रशासनबाट अनुमति लिनुपर्छ। यी प्रतिबन्धहरू कहिलेसम्म रहनेछन् भन्ने जानकारी दिइएको छैन।

साङ्सी प्रान्तमा लाखौंको संख्यामा कोरोना परीक्षण गरिएको छ। लामो दुरीका बस चल्ने बस स्ट्यान्ड बन्द गरी सडकमा चेक पोइन्ट बनाइएको छ। सियान विमानस्थलबाट हुने धेरै उडानहरू पनि रद्द गरिएका छन्।