Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

स्वास्थ्य राम्रै रहे अर्को पटक पनि राष्ट्रपतिमा उठ्छु : राष्ट्रपति बाइडेन

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी | </b>अमेरिकी राष्ट्रपति जो बाइडेनले आफूलाई स्वास्थ्यले साथ दिए अब हुने अर्को राष्ट्रपतिको निर्वाचनमा पनि आफू लड्ने बताएका छन्। अमेरिकामा हरेक चार वर्षमा हुने राष्ट्रपतीय निर्वाचन आगामी सन् २०२४ मा हुनेछ। सो समयसम्ममा आफ्नो स्वास्थ्य अवस्था ठीक रहेका खण्डमा आफू पुनः राष्ट्रपतिमा उठ्ने उनले बताए।<br></p><p>बुधबार एबिसी वर्ल्ड न्युजसँगको अन्तर्वार्तामा उनले अर्को निर्वाचनमा राष्ट्रपति पदमा पुनः उठ्नुहुन्छ भनी सोधेको प्रश्नमा सो जवाफ दिएका हुन्। सो क्रममा उनले भने, ‘हेर्नुस् म अहिलेजस्तै स्वस्थ भएँ र मलाई अबको चार वर्षपछि पनि म अहिलेजस्तै अवस्थामा आफूलाई पाएँ भने त्यो निर्वाचनमा पनि म अवश्य उठ्छु।’</p>