Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्कलाई आम माफी !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस ९, काठमाडौँ | </b>दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क गुएन–हाएलाई आम माफी दिइएको छ। ठूलो भ्रष्टाचार मुद्दामा अदालतबाट २२ वर्षको कैद सजायँ पाएकी पार्कलाई वर्तमान राष्ट्रपति मुन जे–इनले माफी दिएका हुन्।<br></p><p>दक्षिण कोरियाका राष्ट्रपतिलाई जस्तोसुकै अपराधमा पनि आम माफी दिन पाउने संवैधानिक अधिकार रहेको छ। ६९ वर्षीय पूर्व राष्ट्रपतिले पद तथा शक्तिको दुरुपयोग गरि अकुत सम्पत्ति आर्जन गरेको तथा सरकारी कोष अपचलन गरेको आरोप थियो।</p><p>सन् २०१७ मा महाअभियोग लगाएर हटाएपछि उनलाई भ्रष्टाचारको मुघामा दोषी ठहर गरिएको थियो। यो वर्षमात्रै तिन पटक अस्पताल भर्ना गर्नुपरेपछि कमजोर स्वास्थ्य अवस्थाको कारण उनको कैद सजाय मिनाह गरिएको बताइएको छ।</p>