पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>एजेन्सी |</b> म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको ज्यान गएको छ । शनिबार म्यानमारको सेनाले कारमा सवार मानिसलाई जबर्जस्ती बाहिर निकालेको, केहीलाई पक्राउ गरेको र केही मानिसको हत्या गरी शव जलाएको सेभ द चिल्ड्रेनको भनाइ छ । सेनाको आक्रमणमा परी ज्यान गुमाउनेमा वृद्धवृद्धा, महिला र बालबालिकासमेत रहेको बीबीसीले जनाएको छ । म्यानमारको कायह प्रान्तमा सेनाले गरेको आक्रमणमा परी कैयौं मानिसको ज्यान गएको छ ।<br></p><p>मिडिया रिपोर्ट, मानव अधिकारी समूह र स्थानीयका अनुसार ह्याप्रुसो शहरमा सेनाले गरेको हमलामा ३० भन्दा बढी मानिसको मृत्यु भएको हो। यसैबीच, बेलायतको च्यारिटी संस्था सेभ द चिल्ड्रेनले आक्रमणपछि आफ्ना २ जना कर्मचारी हराइरहेको बताएको छ ।</p>

