<p><b>काठमाडौँ | </b>जोर्डनका सभामुखले उपसभामुखलाई सदन छोड्न आदेश दिएपछि संसदमा सांसदहरुबीच हात हालाहाल र कुटाकुट भएको छ। भड्किएको विवादका बीच सांसदहरुमा हात हालाहालको अवस्था आएको हो।<br></p><p>विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच संसद्भित्रै कुटाकुट हुँदा उपसभामुख भने भुईमा ढलेका थिए।</p><p>संविधान संशोधनको प्रस्तावबारे भएको छलफलमा एक सांसदले अस्वाभाविक मन्तव्य दिएपछि सांसदहरूबीच चर्काचर्की भएको थियो।</p>