2026-10-05 02:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अध्यक्ष, महासचिव जस्तो पदमा रहेकाले कसैको पक्षमा लाग्न मिल्दैन : एमाले नेता थापा

काठमाडौँ | नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले महासचिव शंकर पोखरेलले लेखेको स्टाटसप्रति आपत्ति जनाएका छन् ।

केन्द्रीय मुख्यालय च्यासलमा पत्रकारहरुसँग थापाले पार्टी विधानको व्यवस्थाप्रति छलफल भइरहेपनि निर्णय भइसके जस्तो प्रचार महासचिवबाट भएको बताए ।

 

‘महासचिवको स्टाटस गलत छ, किनभने छलफल भइरहेको विषय निर्णय जस्तो गरी भन्नुभएको छ,’ थापाले भने, ‘यसरी पदको दुरुपयोग गर्नु हुँदैन, पदको मर्यादा राख्नुपर्छ ।’

अध्यक्ष, महासचिव जस्तो पदमा रहेकाले कसैको पक्षमा लाग्न नमिल्ने उनको तर्क छ । ‘महासचिवलाई हामीले संस्था मानेका छौं, अध्यक्षलाई संस्था मानेका छौं, त्यो संस्था कसैको पक्षमा लाग्न मिल्दैन, अपब्याख्या गर्न पनि मिल्दैन,’ थापाले भने, ‘निर्णय भइसक्या छ भने आज छलफल किन गर्नु पर्यो त ? उहाँहरु दुई चार जना बसेर गरेको निर्णय मान्ने भन्ने जबजले मान्दैन ।’

महासचिव पोखरेलले विधि निर्माणको अन्योल अन्त्य भइसकेको दाबी सहित स्टाटस लेखेका थिए । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले महासचिवको स्टाटसलाई खण्डन गर्दै विधि निर्माणको बहसमा जुट्न आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्रिविका सबै परीक्षा केन्द्रमा सीसी क्यामरा अनिवार्य बदलिएको परिस्थितिमा पुरानै शैलीले चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह रास्वपा केन्द्रीय समितिको बैठक सुरु विश्व बजारमा खाद्य वस्तुको मूल्य फेरि बढ्यो, चिनी र गहुँको भाउ उच्च दाउन्ने बस दुर्घटना: मृत्यु भएका ६ जनाकै सनाखत, १२ घाइते कैलालीमा प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ कांग्रेस महामन्त्रीमा सुनिल शर्माको उम्मेदवारी घोषणा, ‘कांग्रेस फुटेको छैन’ काठमाडौँमा दुई दिन विद्युत् अवरुद्ध हुने, कुन-कुन क्षेत्रमा ? देउवा समूहबाट आरजु राणा क्षेत्रीय प्रतिनिधि चयन अमेरिकी भिसामा कडाइ, नेपालसहित ५० देशका नागरिकलाई २० हजार डलरसम्म बन्ड अनिवार्य काँग्रेस महाधिवेशन: बासको व्यवस्था प्रतिनिधि आफैले गर्नुपर्ने, पार्टीले खाजा र खाना खुवाउने रौतहटमा १ लाख ८ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ नवलपरासी बस दुर्घटना अपडेट: ६ जनाको मृत्यु, १२ घाइते; ५ मृतकको पहिचान खुल्यो रास्वपाको केन्द्रीय समिति बैठक बस्दै कांग्रेसको १५औँ महाधिवेशनमा करिब ७ हजार ५ सय प्रतिनिधि सहभागी हुने प्रतिनिधिसभाले प्रतिरक्षा विश्वविद्यालयसहित ७ विधेयक छलफलका लागि संसदीय समितिमा पठायो जस्तो ऐन बनायो, परिणाम पनि त्यस्तै आउँछ : पूर्वाधारमन्त्री लम्साल पार्टीलाई बलियो बनाए अहिलेको अवस्थाभन्दा अझ अघि बढ्न सक्छौँ : ओली असोज १–१५ को करदाता उपहार घोषणा, लालबाबु साहलाई १० लाखको बम्पर