2026-06-16 07:00 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एकै समाचार संस्थाका ६ जना पक्राउ

२०७८ पुष १४, बुधवार

काठमाडौँ | प्रहरीले एउटा स्वतन्त्र समाचार वेबसाइटका ६ जनालाई पक्राउ गरेको छ । हङकङमा ‘देशद्रोही प्रकाशनहरू प्रकाशित गर्ने षड्यन्त्र’ गरेको आरोपमा उनीहरूलाई प्रहरीले पक्राउ गरेकाे हो ।

स्ट्यान्ड न्युजका वर्तमान र पूर्वकर्मचारीहरू दुवै निसानामा थिए । स्ट्यान्ड न्युजको कार्यालयमा छापा मार्न २०० भन्दा बढी प्रहरी अधिकारीहरू परिचालन गरिएको थियो । खोजीकार्य अझै जारी छ ।

‘पत्रकारिताका सामग्रीहरू खोज्न र जफत गर्न’ आफूहरूलाई अधिकार दिइएको एक विज्ञप्तिमा प्रहरीले जनाएको छ । स्ट्यान्ड न्युजका वर्तमान र पूर्वप्रधानसम्पादक पक्राउ परेका छन् । साथै, पूर्वबोर्ड सदस्य रहेका प्रजातन्त्रको आइकन बनेका पपस्टार डेनिस हो पनि पक्राउ परेका छन् । उनले सोही आरोपमा आफूलाई पक्राउ गरी वेस्टर्न डिस्ट्रिक्ट पुलिस स्टेसनमा लगिएको फेसबुक पोस्टमा पुष्टि गरेकी छन् ।

पक्राउ पर्नेमा ३४ र ७३ वर्षबीचका तीन पुरुष र तीन महिला छन् । स्ट्यान्ड न्युजको फेसबुक पेजमा पोस्ट गरिएको फुटेजमा बुधबार बिहान सबेरै डेपुटी असाइनमेन्ट डाइरेक्टर रोन्सन चानको ढोकामा धेरै प्रहरी अधिकारीहरू देखिएको छ । चान पक्राउ परेनन्, तर उनलाई प्रहरीले सोधपुछका लागि लगेको थियो ।

यस वर्षको सुरुमा सयौँ प्रहरीले अहिले बन्द भएको हङकङ र चिनियाँ नेतृत्वको मुखर आलोचकका रूपमा चिनिने एप्पल डेलीको परिसरमा छापा मारेका थिए । यसको सम्पत्ति रोक्का गरिएको थियो, कार्यकारीहरूलाई हिरासतमा राखिएको थियो । र, त्यो पत्रिका चाँडै बन्द भयो ।

एप्पल डेली बन्द भएपछि त्यहाँ स्ट्यान्ड न्युज नै खुला रूपमा प्रजातन्त्रलाई समर्थन गर्ने समाचार संस्थाको रूपमा रहेको थियो । हङकङ जर्नलिस्ट एसोसिएसनले बुधबारको घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै ‘द बेसिक ल’ अनुसार प्रेस स्वतन्त्रताको रक्षा गर्न सरकारसँग आग्रह गरेको छ ।

ब्रिटेनले चीनलाई हङकङ फिर्ता गर्ने बेलामा कार्यान्वयनमा आएको ‘द बेसिक ल’ले सभा–सम्मेलन गर्न पाउने स्वतन्त्रता, वाक् स्वतन्त्रतालगायत अधिकारको संरक्षण गर्छ । हङकङका अधिकारीहरूले राष्ट्रिय सुरक्षा कानुन लागु गरेपछि भिन्न मत हुनेविरुद्ध कडा कारबाही गरिरहेका छन् । सो विवादास्पद कानुनले राष्ट्रत्याग, विद्रोह र विदेशी सेनासँगको मिलेमोतोलाई अपराधको रूपमा लिन्छ र अधिकतम आजीवन कारावासको सजाय दिन्छ ।

यो कानुनले हङकङको न्यायिक स्वायत्ततालाई प्रभावकारी रूपमा घटाएको र प्रदर्शनकारी र अभियन्ताहरूलाई सजाय दिन सजिलो बनाएको आलोचकहरू बताउँछन् । बीबीसी

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते