Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सुन खानीमा पुरिएर ३८ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>एजेन्सी |</b> सुडानको एक सुन खानी भत्किँदा कम्तिमा ३८ जना मानिसहरुको मृत्यु भएको छ। देशको पश्चिमी क्षेत्रस्थित कोर्डोफान प्रान्तमा रहेको पुरानो सुनखानी भत्किँदा अन्य केही व्यक्ति हराइरहेका छन्।<br></p><p>सुडानको खनिज स्रोत साधन कम्पनीका प्रवक्ता इस्मेइल टिसोयुले खानीमा केही मानिस पुरिएको हुन सक्ने आशंका गरेका छन्। सुडानको राजधानी खार्तुमबाट ७०० किलोमिटर दक्षिणको फुजा गाउँमा रहको सो सुन खानीमा पुरिएर ८ जना घाईते भएका छन्।</p><p>पुरिएका व्यक्तिको खोजी र उद्दारमा प्रहरीसँगै स्थानीय पनि खटिएका छन्। कम्पनीले सार्वजनिक गरेको एउटा तस्बीरमा खानीमा पुरिएका व्यक्तिको अन्त्यष्टिको लागि स्थानीयले चिहान खडा गरेका छन्। खानी भत्किएको विषयमा प्रहरीले थप अनुसन्धान गरेको छ।</p>