Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बिहीबार एकै दिन विश्वभर २८ सयभन्दा बढी उडान रद्द, १२ हजार विलम्ब

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>पुस १६, वासिङ्टन | रासस-एएनआई/स्पुतनिक | कोरोनाभाइरसको ओमिक्रोन संस्करणले एयरलाइन्सहरूमा कर्मचारी अभावको कारण बिहीबार विश्वभर २,८०० भन्दा बढी उडानहरू रद्द भएका छन् भने झन्डै १२,००० भन्दा बढीको उडानमा विलम्ब भएको ट्र्याकिङ वेबसाइट फ्लाइटअवेयरले देखाएको छ।<br></p><p>"हामी २ जनवरी २०२२ भन्दा पहिले निर्धारित गैर-आवश्यक यात्रा गर्ने यात्रुहरूलाई हाम्रो लचिलो ट्राभल नीति प्रयोग गरी आफ्नो यात्रालाई पछिको मितिमा परिवर्तन गर्न विचार गर्न दृढताका साथ आग्रह गर्दछौं," जेटब्लुले विज्ञप्तिमा यात्रुहरूलाई अनावश्यक उडानहरू पुन: तालिकाबद्ध गर्ने बारे सोच्न प्रोत्साहित गर्दै उक्त आग्रह गरेको छ ।&nbsp;</p><p>ओमिक्रोन भेरियन्टले संयुक्त राज्य अमेरिकालाई नराम्ररी प्रभावित पारेको र&nbsp; जाडो मौसमले थप उडानहरू रद्द गरेको छ ।</p>