Skip to content
Friday, July 17, 2026 Nepali Online Media

हेइटीका कार्यबाहक राष्ट्रपति हेनरीमाथि गोली प्रहार

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | क्यारेबियन मुलुक हेइटीका कार्यबाहक राष्ट्रपति एरियल हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका छन्। उत्तरी शहर गोनाइवेसस्थित एक चर्चमा भएको कार्यक्रममा सहभागी भएका हेनरीमाथि आपराधिक समूहले गोली प्रहार गरेका हुन्।

हेनरी र उनका अंगरक्षकहरु भाग्दै गाडीतर्फ दौडिएको भिडियो सार्वजनिक भएको छ। घटनामा सुरक्षाकर्मीहरुले चलाएको गोली लागेर १ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन्। को गोली हानी हत्याको प्रयास भएको छ। गत शनिबार राष्ट्रिय स्वतन्त्रता दिवसको अवसरमा आयोजित कार्यक्रममा कार्यबाहक राष्ट्रपति हेनरीको हत्या प्रयास भएको खुलासा भएको हो।

गत जुलाई ७ मा हेइटीका राष्ट्रपति जोबेनल मोइजको आफ्नै निवासमा हत्या भएको थियो। मोइजको सरकारमा प्रधानमन्त्री रहेका हेनरी मोइजको हत्यापछि कार्यबाहक राष्ट्रपति बनेका हुन्।

मोइजको हत्या गर्ने आपराधिक समूहले नै हेनरीको पनि हत्या प्रयास गरेको विश्वास गरिएको छ। तर घटनाको जिम्मेवारी भने अहिलेसम्म कसैले लिएको छैन। कार्यबाहक राष्ट्रपति हेनरीले आपराधिक समूहलाई निमिट्यान्न पार्ने प्रतिवद्धता जनाउँदै आएका छन्। घटना सार्वजनिक भएपछि कार्यबाहक राष्ट्रपतिको कार्यालयले पनि आतंकवादी समूहले हत्या प्रयास गरेको जनाएको छ।