2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महिलाहरूको बेचबिखनको विज्ञापन गर्ने एप संचालन गरेको आरोपमा तीन जना पक्राउ

पुस २१, मुम्बई (रासस/एएफपी) | प्रभावशाली मुसलमान महिलाहरूको बेचबिखनको विज्ञापन गर्दै ‘लीलामी’ को नक्कली एप खडा गरेको आरोपमा तीन भारतीय युवा पक्राउ परेका प्रहरीले बुधबार जनाएको छ । 

प्रहरीका अनुसार उनीहरूले करिब १० भन्दा बढी भारतीय मुश्लिम पत्रकार तथा भारतीय मुसलमानको अधिकारका लागि आवाज उठाउँदै आएका महिला अधिकारकर्मीहरूविरूद्ध अपमानजनक सन्देशहरूलाई ‘बुली बाई’ नाम दिइएको एपमा देखाइएको थियो । 

प्रहरीका अनुसार यस आरोपमा बीस वर्षका एक १८ वर्षीया महिला र दुई जना पुरूषलाई सुरक्षा नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ ।

“एपमा कुनै विशेष समुदायका केही महिलाहरूको तस्वीरहरू अपलोड गरिएको र आपत्तिजनक सन्देशहरू पनि राखिएको पाइएको छ,” मुम्बईका प्रहरी आयुक्त हेमन्त नाग्राले सञ्चारकर्मीलाई बताउनुभयो ।

यस विषयमा अनुसन्धान भइरहेकोले प्रहरीले थप विवरण दिन नमिल्ने नाग्राले बताउनुभयो । 

भारतका मुस्लिम अल्पसंख्यक सदस्यहरूले हालैका वर्षहरूमा आफ्ना समुदायलाई लक्षित गर्ने वा एक्लाउने प्रयासहरू भइरहेको आरोप लगाएका छन् । 

मुस्लिम महिलाहरूलाई लक्षित गर्ने अर्को नक्कली ‘लीलामी मञ्च’ छ महिनाअघि छोटो समय देखा परेको थियो । उक्त घटनाबारे प्रहरीले छानविन गरेको तर दोषीलाई कानूनी कारबाही गर्न असफल भएको मुस्लिम अधिकारीले बताएका छन् । 

हालैको एपमा प्रस्तुत गरिएका तस्बिरहरूबारे भारतीय नागरिक समाज तथा सर्वसाधारणबाट पनि सामाजिक सञ्जालमा दुःख व्यक्त गरिएको छ । 

कवि नबिया खानले अघिल्लो सप्ताहन्तमा ट्वीट गर्दै भन्नुभयो, “नयाँ वर्षको पहिलो दिन भारतमा हामीलाई यसरी स्वागत र व्यवहार गरिन्छ, जबकि मेरो देशका अन्य मानिसहरू रमाइलो, ठट्टा र पार्टी गर्छन् ।”

उहाँले भन्नुभयो, “कोहीविरूद्ध पनि आक्रमण गर्न, अपमानित गर्न, किन्न र बेच्न भारतीय कानूनले छुट दिएको छैन ।” 

यसैबीच, यो एप ‘होस्ट’ गरेको ‘ओपन सफ्टवेयर डेभलपमेन्ट प्लेटफर्म गिथहब’ले स्थानीय सञ्चारमाध्यमलाई प्रहरी जाँचमा सहयोग गर्ने बताएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक