Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दिल्लीमा कोरोना संक्रमित तीन दिनमै तीन गुणा बढे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>पुस २१, काठमाडौँ |</b> भारतको दिल्लीमा कोरोना संक्रमित तिव्र रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टामा १० हजार भन्दा धेरै संक्रमित थपिएका छन् ।&nbsp;<br></p><p>सो अवधिमा ८ जनाको मृत्यु भएको दिल्ली सरकारले जनाएको छ । दिल्ली सरकारले बुधबार जारी गरेको हेल्थ बुलेटिनका अनुसार राज्यमा पछिल्लो २४ घण्टा १० हजार ६६५ संक्रमित दर्ता भएका छन् ।&nbsp;</p><p>यसअघि मंगलबार दिल्लीमा संक्रमितको संख्या कुल ५ हजार ४८१ संक्रमित फेला परेका थिए । सोमबार ४ हजार र आइतबार ३ हजार जनामा संक्रमण फेला परेको थियो । तीन दिनमा संक्रमितको संख्या तीन गुणा भएको हो ।&nbsp;</p>