Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सन् २०२१ मा चार करोड बढीले तिब्बतको भ्रमण गरे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २२, ल्हासा । दक्षिणपश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रमा सन् २०२१ मा चार करोडभन्दा बढी पर्यटकले भ्रमण गरेको स्थानीय अधिकारीहरूले बताएका छन्।

तिब्बत स्वायत्त क्षेत्रको ११ औं जन काङ्ग्रेसको पाँचौं सत्रमा दिएको जानकारी अनुसार यस अवधिमा पर्यटन राजस्व कुल ४४.१ अर्ब युआन (करिब ६ अर्ब ९० करोड अमेरिकी डलर) प्राप्त भएको छ।

तिब्बत समृद्ध जातीय संस्कृति र प्राकृतिक सौन्दर्यको साथै एक लोकप्रिय पर्यटकीय गन्तव्य पनि हो ।  पछिल्ला वर्षहरूमा स्थानीय अधिकारीहरूले यस क्षेत्रको पर्यटन उद्योगलाई बलियो बनाउन प्रयास गरिरहेका छन्।

पठार क्षेत्रमा अहिले १०० भन्दा बढी उच्च मूल्याङ्कन गरिएका पर्यटकीय आकर्षणहरू, २,७०० भन्दा बढी पर्यटन उद्यमहरू र २,३०० भन्दा बढी होमस्टेहरू सञ्चालनमा छन्।

सन् २०२० को अवधिमा तिब्बतले स्वदेश तथा विदेशबाट करिब १५ करोड पर्यटक भित्र्याएको छ जसबाट करिब २१२.६ बिलियन युआनको पर्यटन राजस्व आर्जन भएको पनि जनाइएको छ।