Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बन्दुकधारीद्वारा नाइजेरियामा १४३ जनाको हत्या !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | बन्दुकधारीहरूले नाइजेरियामा थप १४० भन्दा बढीको  हत्या गरेको दाबी गरिएको छ ।

लुटेराहरुको समूहले पछिल्लो एक हप्ताको अवधिमा देशको उत्तरपश्चिमी क्षेत्रमा उनीहरुको हत्या गरेको जनाइएको छ । घटनाका बारेमा सरकारी अधिकारी र स्वतन्त्र व्यक्तिहरुले पुष्टि गर्न भने बाँकी रहेको समाचारमा जनाइएको छ । तर स्थानीय एक नेताले भने लडाकू समूहले १४३ जनाको हत्या गरेको दाबी गरेका छन् ।

उनले भने, ‘लडाकू समूहले १४३ जनाको हत्या गरेको छ, उनीहरुले आम नागरिकमाथि हिंसात्मक आक्रमण गरेका थिए ।’

आक्रमणकारी सयौं लडाकूहरू मोटरसाइकलमा आएर आक्रमण गरेको पनि स्थानीय बासिन्दाले जानकारी दिएका छन् । उनीहरूले १० गाउँमा आक्रमण गरेका हुन । आक्रमणकारीहरूले घर घरमै गएर गोली प्रहार गर्ने, लटपाट गर्ने गरेको स्थानीयको भनाइ छ । घटनाका बारेमा सरकारी सुरक्षाकर्मीको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया र सूचना दिइएको छैन ।

नाइजेरियामा लामो समयदेखि लडाकू तथा हिंस्रक समूहले आमनागरिकलाई दुःख दिने गरेका छन् भने उनीहरुसँग सरकारी पक्षले संघर्ष गरिरहनुपरेको छ । सरकारले उनीहरुलाई आतङ्वादी समूहको रूपमा घोषणा गरेर सुरक्षा कारबाही पनि चलाउँदै आएको छ तर अपेक्षित सुधार भने हुन सकेको छैन ।