पढ्न करिब 1 मिनेट लाग्छ

पुस २६, रासस । शीर्ष अमेरिकी र रुसी कूटनीतिज्ञहरूले सोमबार जेनेभामा युक्रेनमा बढ्दो तनावको बारेमा महत्त्वपूर्ण वार्ता शुरु गरेका छन् ।

अमेरिकी उप विदेश मन्त्री वेन्डी शर्मन र उनका रुसी समकक्षी उप विदेश मन्त्री सर्गेई र्याबकोभले जेनेभामा रहेको अमेरिकी मिसनमा बिहान ८:५५ बजे (०७५५ GMT) बैठक शुरुवात् गरेको, विदेश विभागका प्रवक्ताले जनाएका छन् ।