Skip to content
Friday, July 17, 2026 Nepali Online Media

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २७, काठमाडौँ | आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन् । अमेरिकी ५७ बर्षिय नागरिक डेभिड बेनेटको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो ।

बाल्टिमोरमा गरिएको सात घण्टा लामो प्रयोगात्मक प्रक्रियाको तीन दिनपछि डेभिड बेनेटको शरीरले राम्रो प्रतिक्रिया जनाएको चिकित्सकहरुले बताएका छन् ।

प्रत्यारोपणलाई बेनेटको जीवन बचाउने अन्तिम आशाको रूपमा लिइएको थियो । उनको लामो समय बाँच्ने सम्भावना कति छ भन्ने अझै स्पष्ट भएको छैन ।

मुटु प्रत्यारोपण गरिएका बेनेट भने आफू बाँचिरहन सक्ने आशा व्यक्त गरेका छन् । शल्यक्रियाअघि उनी ६ साता ओछ्यानमै उपकरणजडित भएर बसेका थिए ।

युनिभर्सिटी अफ मेरिल्याण्ड स्कूल अफ मेडिसिनका शल्यचिकित्सक बार्ट्ली पी. ग्रिफिथले यो शल्यक्रियाले विश्वलाई अङ्ग अभाव सङ्कटको समस्या समाधानका लागि एक कदम नजिक ल्याउने बताएका छन् ।

प्रत्यारोपणले विश्वभरि मानिसको जीवनलाई परिवर्तन गर्नसक्ने अपेक्षा गरिएको छ । अमेरिकामा दैनिक अङ्ग प्रत्यारोपणको पर्खाइमा रहेका १७ जना मानिसको मृत्यु हुने गरेको छ । एक लाखभन्दा बढी मानिसहरू पर्खाइको सूचीमा रहेको बताइन्छ ।