Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कोभिडबाट बच्न नयाँ निर्देशन जारी !

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | बंगलादेशमा पछिल्ला केही हप्तामा कोभिड १९ को संक्रमण बढेपछि यसबाट बच्नका लागि नयाँ निर्देशन जारी गरिएको छ। ती ११ बुँदे निर्देशन जारी गरिएको र पालना नगर्ने नागरिकलाई कानुनी कारबाही गरिने बताइएको छ। यी निर्देशनहरु मास्कको प्रयोग गर्नेदेखि सार्वजनिक स्थलमा जम्मा हुन नपाइनेसम्मका रहेका छन्।

यहाँ सार्वजनिक स्थलमा जम्मा हुँदा तथा पसल, मलहरुमा उपस्थित हुँदा मास्क अनिवार्य गरिएको छ। मास्क नलगाई कुनै व्यक्ति सार्वजनिक स्थलमा गएको पाइएमा उसलाई कानुनी कारबाही गरिने छ। त्यस्तै सभा समारोहहरू बन्द गरिएको छ भने रेल तथा सार्वजनिक यातायात सेवाले उसको क्षमताको आधा मात्र यात्रु राखेर सञ्चालन गर्नुपर्ने प्रावधान राखिएको छ।

त्यस्तै होटल, रेष्टुरेन्टहरु रातिसम्म खोल्न नपाइने र उनीहरूले यात्रुलाई सेवा दिँदा आधा मात्र क्षमताका नागरिकलाई मात्र दिन सकिने बनाइएको छ ।यहाँको मन्त्रिपरिषदको सोमबारको बैठकले कोभिडबाट बच्नका लागि भन्दै यस्ता कडा कानुनहरू लागू गरेको हो।

त्यस्तै होटल रेष्टुरेन्टमा खान तथा होटलमा बास बस्न र कुनै हवाई जहाजबाट यात्रा गर्दा पनि उनीहरूले खोप कार्ड अनिवार्य रुपमा देखाउनुपर्ने नियम बनाइएको छ। बंगलादेशमा पनि पछिल्ला केही हप्ता यता कोरोना भाइरस र यसको घातक भनिएको ओमिक्रोन भाइरसको संक्रमण निकै बढेको यहाँका स्वास्थ्य अधिकारीहरूले जनाएका छन्।