Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

फिजीमा आँधीका कारण चार हजार विस्थापित

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस २८, रासस | आँधीका कारण फिजीका चार हजार ६३० जना विस्थापित भएका छन् ।उनीहरुलाई देशका विभिन्न ठाउँमा बनाइएका १६२ ओटा शिविरमा राखिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् ।

राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले ११५ ओटा शिविर भिटी लेभुको पश्चिमी क्षेत्रमा स्थापना गरिएको जनाएको छ । त्यसैगरी भानुआ लेभुको मध्य भागमा ४२ ओटा र उत्तरी भागमा पाँच ओटा शिविर बनाइएको पनि अधिकारीहरुले जनाएका छन् ।

“उनीहरुलाई शिविरमै राख्ने भन्ने हैन, विस्थापित भएकाहरुलाई जति सक्दो चाडो हामी आफ्नै घर फर्काउन चाहन्छौँ,” एक सरकारी अधिकारीले भने । विस्थापित भएकाहरुलाई अस्थायी बसोबास, खानसँगै न्युनतम अत्यावश्यक सेवाहरु पनि उपलब्ध गराइने उनीहरुको भनाई छ । हरेक बर्षको नोभेम्बरदेखि अप्रिलसम्ममा फिजिमा आँधी आउने र ठूलो जनधनको क्षति हुने गरेको छ ।