Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

तालिबान सत्ता कब्जापछि अफगानिस्तानमा बल्ल खुल्यो एटीएम सेवा

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

पुस ३०, काठमाडौँ | तालिबानले सत्ता कब्जामा लिएपछि पहिलो पटक अफगानिस्तानमा शनिबारदेखि एटीएम सेवाहरू सञ्चालन हुन लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

दा अफगानिस्तान बैंक (डीएबी), अफगानिस्तानको केन्द्रीय बैंकले बिहीबार विज्ञप्तिमार्फत् देशका वाणिज्य बैंकहरूद्वारा एटीएम सेवाहरू पुनः सञ्चालन गरिने जनाएको, खामा प्रेसले उल्लेख गरेको छ। सहकारीसँगको वार्तापछि यो निर्णय भएको हो ।

अगस्टमा तालिबानले सत्ता कब्जामा लिएपछि एटीएम सेवाहरूबन्द भएका थिए।

"दा अफगानिस्तान बैंक बैंकिङ प्रणाली र सेवाहरू सामान्यमा फर्काउन प्रयासरत छ," विज्ञप्तिमा भनिएको छ, "एटीएमहरू पुन: सक्रिय गर्नाले मानिसहरूलाई थप सुविधा दिनेछ।"

जनताको सुविधाका लागि वाणिज्य बैंकका एटीएम विशेष क्षेत्रमा उपलब्ध हुनेछन् ।

यद्यपि बैंकले निश्चित रकम झिक्न प्रतिबन्ध कायमै रहेकाले झिक्ने रकमको सीमा भने उल्लेख गरिएको छैन, खामा प्रेसले जनाएको छ ।

नयाँ नीति अनुसार एक व्यक्तिले हप्तामा २०० अमेरिकी डलर वा २०,००० अफगानी रकम झिक्न सक्नेछन् ।