Skip to content
Friday, July 17, 2026 Nepali Online Media

संविधान संशोधनबारे छलफल हुँदा जोर्डनको संसदमा कुटाकुट

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | मध्य-पूर्वको मुलुक जोर्डनको संसदमा मंगलबार सांसदहरूबीच कुटाकुट भएको छ।

समाचार संस्था एपीका अनुसार संविधानको संशोधन विधेयकमा छलफल हुँदा कुटाकुट भएको हो।

जोर्डन राजतन्त्रात्मक मुलुक हो। सन् १९९९ देखि त्यहाँ अब्दुल्लाह राजा छन्। संवैधानिक राजतन्त्र भए पनि जोर्डनका राजाले प्रधानमन्त्री नियुक्त गर्ने र संसद विघटन गर्ने अधिकार छ।

शाही आयोगले प्रस्ताव गरेको संविधान संशोधनमा प्रधानमन्त्री चुन्ने अधिकार संसदलाई हुने उल्लेख छ।

आलोचकहरूले भने संविधानमा गर्न लागिएका अरू परिवर्तनहरूले राजालाई थप अधिकार दिने बताउँदै आएका छन्। संविधान संशोधन प्रस्तावलाई लिएर जोर्डनमा केही समय  प्रदर्शनहरू पनि भएका थिए।