Skip to content
Friday, July 17, 2026 Nepali Online Media

जापानमा सुनामी आउन सक्ने खतराको सूचना जारी

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | जापानको मौसम विज्ञान एजेन्सीले त्यहाँ सुनामी आउन सक्ने चेतावनीयुक्त सन्देश जारी गरेको छ ।

जापानमा शनिबार मध्यराति तिर यो सूचना जारी गरिएको हो ।

टोंगामा ज्वालामुखी विस्फोट भएको थियो । शनिबार त्यहाँ शक्तिशाली ज्वालामुखी विस्फोट भएपछि त्यहाँ सुनामी आउन सक्ने भन्दै शनिबार मध्यराति यो सूचना जारी गरेको हो ।

दक्षिणी प्यासिफिक टापूको टोंगामा शनिबार विस्फोट भएको ज्वालामुखीपछि जापानको पनि प्यासिफिक क्षेत्रमा यसको खतरा रहेको बताइएको हो । त्यहाँ सुनामी आउन सक्ने भन्दै सामुद्री किनाराका नागरिकलाई उद्धार गरी अन्यत्रै सारिएको छ । साथै यस वरपरका नागरिकलाई सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।

जापानको पूर्वी समद्री किनारामा सुनामीको संकेत नै देखिइसकेको यससम्बन्धी अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार त्यहाँको अमामी टापू तथा यस वरपरको समद्री किनारामा पानीको सतह केही माथिसम्म आएको र यसबाट सम्भावित सुनामीको संकेत देखिइसकेको बताइएको छ ।

जापानको दक्षिणपश्चिमी सामुद्री किनाराहरुमा करिब तीन मिटरसम्मको सुनामी आउनसक्ने सो निकायले जनाएको छ ।