Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अफगानिस्तानमा शक्तिशाली भूकम्प

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ ४, काठमाडौँ | अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प गएको छ। अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको छ। समाचार एजेन्सी एएफपीका अनुसार बादघिस प्रान्तको कादिस जिल्लामा भूकम्पले धेरै क्षति पुर्याएको छ। भूकम्पका कारण धेरै भौतिक संरचनाहरु भत्किएका छन्।

तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ। सो क्षेत्रमा पहिलो भूकम्प गएको दुई घण्टापछि दोस्रो धक्का महसुस गरिएको थियो।

भूकम्पको कारण घरको छत खसेर च्यापिंदा मानिसहरुको मृत्यु भएको अधिकारीहरुले बताएका छन्। प्रान्तका प्रवक्ता बाज मोहम्मद सरवरीले समाचार एजेन्सी एएफपीसँग भनेका छन्– भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ।

आपतकालीन सन्चालन केन्द्रका प्रमुख मुल्ला जनानले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन्। भूकम्पले मुकर जिल्लामा पनि क्षति पुगेको छ। तर त्यहाँको विवरण प्राप्त भइसकेको छैन। भूकम्प प्रभावित क्षेत्रमा भारी वर्षा पनि भएको छ। उद्धार जारी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।