Skip to content
Friday, July 17, 2026 Nepali Online Media

टोंगामा ज्वालामुखी विस्फोट

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | प्रशान्त महासागरको टापु राष्ट्र टोंगामा ज्वालामुखी विस्फोटपछि उत्पन्न मानवीय संकट समाधानका प्रयास भइरहेको बताएका छन्। अत्यावश्यक आपूर्ति सुरु गर्न त्यहाँको मुख्य विमानस्थलबाट खरानीहरू हटाउने प्रयास भइरहेको विवरण सार्वजनिक भएका छन्।

राष्ट्रसंघका प्रतिनिधि जोनाथन भिचले विमानस्थलमा खरानी हटाउने काम सुरु भए पनि कठिन देखिएको बताएका छन्। उद्धारकर्ताहरूले ज्वालामुखी विस्फोटपछि उडेको खरानी हटाउन विमानस्थलमा खटिएका छन्। करिब २०० उद्धारकर्ताहरूले विमानस्थल सफा गरिरहेका छन्।

शनिबार भएको विस्फोटमा एक ब्रिटिस नागरिकसहित चारजनाको मृत्यु भएको छ। विस्फोटपछि धुँवाको मुस्लो आकाशमा २० किलोमिटरमाथिसम्म पुगेको थियो। ज्वालामुखी विस्फोटपछि बाँकी संसारसँग टोंगाको सम्पर्क टुटेको छ। एक लाख जनसंख्या रहेको टापु राष्ट्र टोंगा सात लाख वर्गकिलोमिटरको क्षेत्रमा फैलिएको छ।