पढ्न करिब 1 मिनेट लाग्छ

एजेन्सी | उत्तर कोरियाले मंगलबार बिहान समुद्र तर्फ लक्षित गरी उत्तर कोरियाले दुईवटा मिसाइल प्रहार गरेको छ। दुईवटा क्रुज मिसाइल प्रहार गरेको दक्षिण कोरियाको सेनाले बताएको अमेरिकी सञ्चारमाध्यम सिएनएनले उल्लेख गरेको छ।

उत्तर कोरियाले गरेको मिसाइल प्रहारको दक्षिण कोरिया र अमेरिकाका गुप्तचर अधिकारीले विश्लेषण गरिरहेका छन्। उत्तर कोरियाले यो वर्ष ९ सन् २०२२० सुरु भएसँगै मिसाइल परीक्षण तीव्र बनाएको छ।

यो वर्ष लागेसँगै उत्तर कोरियाले पाँचपटक मिसाइल परीक्षण गरिसकेको छ। जनवरी १७ मा उसले छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल परीक्षण गरेको थियो। त्यसअघि जनवरी ११ र ५ मा हाइपरसोनिक मिसाइल परीक्षण गरेको थियो।

यसैगरी जनवरी १४ मा छोटो दूरीमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो। ब्यालेस्टिक मिसाइल तथा आणविक हतियार बनाउन प्रतिबन्ध लागेको भए पनि उत्तर कोरियाले लगातार आफ्नो अस्त्र क्षमता बिस्तार गरिरहेको छ।