पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>एजेन्सी | </b>जो बाइडेन प्रशासनले आफ्ना नागरिकहरूलाई भारतको भ्रमण नगर्न चेतावनी जारी गरेको छ । कोरोना, बलात्कार र जम्मू–कश्मीरमा बढिरहेको आतङ्कवादलाई मध्यनजर गर्दै भारतको कुनै पनि किसिमको भ्रमणमा पुनर्विचार गर्न आग्रह गरिएको हो ।<br></p><p>यो यात्रा परामर्श यस्तो समयमा आएको छ कि जब अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोलले भारतमा बढ्दो कोरोना मामिलालाई मध्यनजर गर्दै लेभल–३ स्तरको यात्रा र स्वास्थ्य सूचना जारी गरेको थियो । बाइडेन प्रशासनको तर्फबाट यो पनि भनिएको छ कि भारतमा बढ्दो बलात्कार अपराध मध्ये एक हो ।</p><p>अमेरिकाले आफ्नो यात्रा परामर्शमा भनेको छ,‘अमेरिकी नागरिक जम्मू कश्मीर राज्यमा आतङ्कवाद र नागरिक अशान्तिलाई मध्य नजर गर्दै यात्रा नगर्न सल्लाह दिएका छन् । भारत–पाकिस्तान सीमाको १० किलोमीटरको क्षेत्रमा नजान समेत आग्रह गरिएको छ । त्यहाँ सशस्त्र सङ्घर्षको आशङ्का व्यक्त गरिएको छ । </p>

