Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

अफगानिस्तानमा तत्कालै ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता आवश्यक

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | संयुक्त राष्ट्रसंघले अफगानिस्तानमा अहिले तत्कालै करिब ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको मानवीय सहायताको खाँचो रहेको जनाएको छ ।  हाल संयुक्त राष्ट्रसंघको समूहले अफगानिस्तानमा मानवीय सहायता वितरणको कार्य सुरु गरेको छ र त्यसका लागि कम्तीमा पनि ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो रहेको आँकलन गरेको हो ।

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसका प्रवक्ता स्टेफन डुजाकिरकका अनुसार हाल अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको एक समूहले मानवीय सहायताको वितरण गरिरहेको छ ।  यो सहयोग अहिले अरु केही नभएर मानिसहरूका लागि आधारभूत खाद्यान्न, उनीहरुलाई न्यानो कपडा र आधारभूत औषधिमुलोहरु रहेको बताइएको छ ।

यही जनवरीको सुरुमा संयुक्त राष्ट्रसंघले यस वर्षका लागि कम्तीमा पनि ४ अर्ब ४० करोड अमेरिकी डलर बराबरको मानवीय सहायता वितरण गर्नुपर्ने योजना बनाएको थियो ।  त्यसबाट नै अहिले तत्कालै कम्तीमा ३ अर्ब ६० करोड अमेरिकी डलर बराबरको सहायताको खाँचो परेको हाल अफगानिस्तानमा सहयोग वितरण गरिरहेको संयुक्त राष्ट्रसंघको समूहले जनाएको हो ।

यहाँ तालिबानहरुको शासन सुरु भएपछि वैदेशिक सहायता आएको छैन । जसका कारण यहाँका नागरिक आधारभूत खाना, औषधि तथा न्यानो कपडाबाट पनि बञ्चित हुन पुगेका बताइएको छ ।