Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कस्तो होला ओलाको विद्युतीय कार?

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | भारतको ट्याक्सी कम्पनी ‘ओला’ले सन् २०२१ मा ओला विद्युतीय स्कुटर सार्वजनिक गर्‍यो। यसले छोटो समयमा निकै राम्रो बजार लिएको कम्पनीले बताएको छ। स्कुटर सार्वजनिक हुनु अघिदेखि नै यो धेरैको चासोको विषय बनेको भारतीय अखबार अटो हिन्दुस्तानले जनाएको थियो।

अब भने कम्पनी विद्युतीय कार निर्माणमा लागेको छ। कारदेखो वेबसाइटका अनुसार ओलाका प्रमुख कार्यकारी अधिकृत भावेश अग्रवालले ट्विटरमार्फत विद्युतीय कार सार्वजनिक गर्नेबारे संकेत गरेका हुन्। उनले मंगलबार ओलाको विद्युतीय कन्सेप्ट कार ट्विट गर्दै भनेका छन्, 'यो कुरा गोप्य राख्न सक्नुहुन्छ?'

ट्विट गरिएको कन्सेप्ट कार हेर्दा ह्याचब्याग जस्तै देखिन्छ तर यसको डिजाइन निकै भिन्‍न छ। यसमा ठूलो फ्रन्ट विन्डो प्यानल छ। पहेंलो ब्रेक क्यालिपरसँगै यसमा भएको अलोय ह्विलहरू पनि विशेष तरिकाले डिजाइन गरिएको छ। गाडी मिनिमलिस्ट डिजाइनमा तयार पारिएको छ।

कारदेखोका अनुसार ओलाको विद्युतीय कार सन‍् २०२३ मा सार्वजनिक हुने अनुमान लगाउन सकिन्छ। यो सार्वजनिक भएसँगै यसले बजारमा उपलब्ध टाटाको विद्युतीय नेक्सन र विद्युतीय अल्ट्रोन, र  महिन्द्राको विद्युतीय एक्सयुभी ३०० सँग प्रतिस्पर्धा गर्नेछ।

कम्पनीले ओलाको विद्युतीय कारको विशेषता र मूल्यबारे भने हालसम्म अन्य विवरण खुलाएको छैन।