Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

आधिकारिक रूपमा टाटा समूहले किन्यो एयर इण्डिया

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

एजेन्सी | भारतको प्रतिष्ठित टाटा समूहले एयर इण्डियालाई आधिकारिकरूपमा आफ्नो स्वामित्वमा ल्याएको छ । आज भएको सम्झौताअनुसार टाटा समूहले भारत सरकारको स्वामित्वमा रहेको एयर इण्डियालाई अधिग्रहण गरेको हो ।

भारत सरकारलाई निरन्तर घाटा भइरहेको एयर इण्डिया टाटा समूहले लगेपछि केन्द्रीय नागरिक उड्डयनमन्त्री ज्योतिरादियत्य सिंधियाले नियम प्रक्रिया पुरा गरेर स्वामित्व हस्तान्तरण भएको बताएका छन् । उनले ट्वीटरमा उल्लेख गरेका छन, ‘एयर इण्डिया बेच्ने प्रक्रिया नियमसंगत तरिकाबाट पुरा गरिएको छ ।’

यसअघि, सन् २०२१ मा टाटा समूहले एयर इण्डियाको लिलामी जितेको थियो । २०२१ को अक्टोबरमा भएको लिलामीमा टाटा समूहको टाटा सन्सले सबैभन्दा बढी बोली लगाएको थियो । सोही, बोलीसँगै अधिग्रहण प्रक्रिया अगाडी बढाइएको थियो ।

उक्त समयमा टाटा समूहका रतन टाटाले एयर इण्डिया घर फर्किएको भनेर स्वागत गरेको थियो । एयर इण्डियाको स्थापना टाटा समूहले नै गरेको थियो । स्थापना कालमा टाटा एयरलाइन्स नामाकरण गरिएको कम्पनीको नाम कालान्तरमा भारत सरकारले लिएपछि एयर इण्डिया राखिएको थियो ।