पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १६, टोकियो । उत्तरी जापानमा आएको ‘लायनरक’ नामक तूफानको कारण १७ व्यक्ति बेपक्ता भएका छन् ।

लायनरकबाट बुधबार नै ११ व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीनजना बेपत्ता भएका बताइएको थियो । बिहीबार बेपत्ता हुने व्यक्तिको सङ्ख्या १७ पुगेको अधिकारीहरुले बताएका छन् ।

एवाइजुमी सहरमा तूफानको कारण उठेको नदीको स्तर र हिलो माटोमा परी १० व्यक्तिको मृत्यु भएको छ ।

मारिएका ती दश व्यक्तिमा नौ जना बृद्ध आश्रममा बस्ने व्यक्तिहरु रहेका छन् । इवेटे प्रान्तको कुजी सहरमा एक महिलाको शव फेला परेको छ । लायनरकको कारण १७ व्यक्ति बेपत्ता भएका सो सहरका अधिकारी यसुयुकी इजहिगुरोले एएफपी समाचार समिलिलाई बताएका छन् ।

सञ्चारमाध्यममार्फत सरकारले खतराको सङ्केत गर्दै सबैलाई सुरक्षित र सतर्क अवस्थामा रहन पनि आग्रह गरेको छ। होक्काइदो प्रान्तको टोहोकु क्षेत्रमा चार लाख व्यक्तिलाई खतरा पु¥याएको भन्दै उद्वारगरी अन्यत्रै सारिएको बुधबार नै बताइएको थियो । रासस/एएफपी