मंगलसेन नगरपालिकाको प्रथम नगरसभा सम्पन्न

Posted on: 01 Sep, 2017


कमल रावल/भदौ १६, अछाम । मंगलसेन नगरपालिका अछामको प्रथम नगर सभा बिहिबार सम्पन्न भएको छ । 

नगर प्रमुख पदम बोहराको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वय समिति अछामका उप–संयोजक टोपबहादुर रावल रहनुभएको थियो । 

कार्यक्रममा बिशिष्ट अतिथी अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरी रहनुभएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका बिष्णुबहादुर खड्का, नेकपा एमालेका जिल्ला सचिव यज्ञ बोगटी, नेकपा माओबादी केन्द्रका शिव बोगटी, मंगलसेन नगरपालिकाका उप–प्रमुख सरिता उपाध्याय लगायत अतिथीहरुको उपस्थिती रहेको थियो । 

नगर सभामा नगरप्रमुख पदम बोहराले चालु आर्थिक बर्षका लागि आन्तरिक श्रोतबाट प्राप्त ३० लाख ३१ हजार १ सय २५ रपैयाँ, बाह्य श्रोत अन्तरगत एलजिसिडिपीबाट २२ लाख ५१ हजार, पुरातत्व कार्यक्रमबाट ३ लाख, युनिसेफबाट ५ लाख २ हजार ६ सय ९५ रुपैयाँ, दलितबर्ग उत्थानबाट प्राप्त ७० हजार, खेलकुद निर्माण तर्फ ५५ लाख, संघिय संरचना पुर्वाधार बिकास, कार्यक्रम अन्तरगतको १ करोड, सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत ४ करोड २८ लाख ५७ हजार ५ सय, नगरपालिका अनुदान अन्तरगतको ४१ लाख गरी चालु तर्फ कुल ६ करोड ६ लाख ११ हजार २ सय ९५ रुपैयाँ बराबरको आयव्य प्रस्तुत गर्नुभएको थियो । 


साथै आन्तरिक श्रोत पुँजिगत तर्फ ३ हजार ९ सय ५ रुपैयाँ ६० पैसा, नगरक्षेत्र पुर्वाधार विकास कार्यक्रममा १ करोड ५८ लाख ४ हजार गरि पूँजिगततर्फ ५ करोड ६१ लाख १९ हजार ९ सय ५ रुपैयाँ ६० पैसा बराबरको आयव्य बिविरण त्यस क्रममा उहाँले प्रस्तुत गर्नुभएको थियो । 

यसका साथै उहाँले आगामि आर्थिक बर्षका लागि कुल ५२ करोड ६९ लाख ७ हजार बराबरको अनुमानित आय व्यय बिवरण नगरसभामा पेश गर्नुभएको छ । मंगलसेन नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष हिरण्ड बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन नगरपालिकाका सूचना अधिकारी नरेश कठायतले गर्नुभएको थियो । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!