३ पुष २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

अछामको खप्तडमा ६० किलोवाट विद्युत् उत्पादन

७ कार्तिक २०७६, बिहीबार ०६:२६

कात्तिक ७, अछाम | सुन्दर पर्यटकीय क्षेत्र खप्तडमा विद्युत् उत्पादन शुरु भएको छ । अछामको साँफेबगर नगरपालिका–१२ मा ६० किलोवाटको खप्तड लघुजलविद्युत् परियोजनाले उत्पादन शुरु गरेको हो । 

विसं २०७० देखि निर्माण कार्य शुरु भएको सो आयोजना निर्माणमा वैकल्पिक ऊर्जाको रु एक करोड २७ लाख ५० हजार, गरीबी निवारण कोषको २५ लाख, २०७० मा तत्कालीन निर्वाचन क्षेत्र विकास कोषबाट १५ लाख, तत्कालीन जिल्ला विकास समितीबाट पाँच लाख खर्च भएको थियो । 

आयोजनाको लागि पछिल्लो समय खप्तड क्षेत्र पर्यटन विकास समितीबाट १४ लाख, साँफेबगर नगरपालिकाबाट १३ लाख, साँफेबगर नगरपालिका १२ नं. वडाबाट पाँच लाख २० हजार, पूर्वाधार विकास कार्यक्रम अछाम क्षेत्र नं. १ बाट १५ लाख, सुदूरपश्चिम प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयबाट २० लाख आर्थिक सहयोग भएको आयोजनाका अध्यक्ष खकेन्द्र कडायतले जानकारी दिनुभयो ।

हाल आयोजनाको कूल लागत रु दुई करोड ६८ लाख ५९ हजार पुगेको र ६० किलोवाट विद्युत् उत्पादन भइरहेको अध्यक्ष कडायतले बताउनुभयो । विद्युत् सुचारु भएसँगै खप्तड राष्ट्रिय निकुञ्ज कार्यालय, नेपाली सेनाको व्यारेक, खप्तड क्षेत्र पर्यटन विकास समितिको कार्यालय, छिमेकी जिल्ला बाजुराको छेडेदह गाउँपालिकाको वडा नं. १ र २ तथा खप्तडका सबै टोलका बासिन्दाले विद्युत् उपभोग गर्ने भएका छन । 

बिहीबार बिहान सो विद्युत् आयोजनाको उद्घाटन गर्दै पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले अब खप्तडमा पर्यटकको सङ्ख्यामा वृद्धि हुने बताउनुभयो । खप्तडमा विद्युत्को पहुँच हुँदा यहाँ आउने पर्यटकलाई सहज हुने भएकाले अझ बढी पर्यटक भित्रिने धारणा व्यक्त गर्नुभयो । उहाँले दूरदराजका बासिन्दालाई अन्धकारबाट मुक्त गर्न र पर्यटन प्रर्वद्धन गर्न लघुजलविद्युत् आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । 

कार्यक्रममा राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेशसभा सदस्य हर्कबहादुर कुँवर, साँफेबगर नगरप्रमुख कुलबहादुर कुँवर, नेकपा अछामका जिल्ला कमिटी सचिव झपट साँउद र अन्य जनप्रतिनिधिलगायत सहभागी हुनुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’