अछाममा पहिरोबाट ज्यान गुमाउनेको संख्या १७ पुग्यो, ६ जना बेपत्ता

Posted on: 17 Sep, 2022

असोज १, अछाम | अछाममा शुक्रबारदेखिको अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउनको संख्या १७ पुगेको छ ।

जिल्लाको कमलबजार नगरपालिका-६, तुर्माखाद गाउँपालिका र ढकारी गाउँपालिकामा पहिरोमा पुरिएका १७ जनाको शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालले जानकारी दिए 

ज्यान गुमाउनेहरूमा कमलबजार नगरपालिका वडा नम्बर ७ ठाँटीखाँदका सात जना, वडा नम्बर ८ मा पाँच जना, तुर्माखाद गाउँपालिकाका चार जना र ढकारी गाउँपालिकाका एक गरी १७ जना पुगेका छन् ।

उनकाअनुसार पहिरोमा पुरिएर अझै ६ जना बेपत्ता रहेको छन् भने पहिरोमा घाईते भएका ११ जनालाई नेपाली सेनाको हेलिकोप्टरमार्फत उद्धार गरी सुर्खेत पाठाएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । पहिरोमा परि बेपत्ता भएकाको खोजी कार्य जारी रहेको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!