ढाकावाङ्गमा सम्पन्न एक दिने निशुल्क स्वास्थ्य शिविरमा ३ सय जनाले स्वास्थ्य जांच गराए

Posted on: 14 Jul, 2018

असार–३०, अर्घाखाँची | भुमिकास्थान २ को उपल्लो ढाकावाङ्गमा हिजो सम्पन्न एक दिने निशुल्क स्वास्थ्य शिविरमा झन्डै ३ सय जनाले स्वास्थ्य जांच गराएका छन् । 

वडा कार्यालयको आयोजना र ढाकावाङ्ग खानेपानी तथा सरसफाई आयोजनाको समन्वयमा सम्पन्न शिविरमा ढाकावाङ्गको च्यान्डांडा, काउले, रिपाहा, उपल्ला गाउं, तल्ला गाउं, झांक्रीसाल लगायतका गाउँबाट ३ सय जना बिरामीहरुले निशुल्क स्वास्थ्य चेक जाँच तथा उपचार गराएको ढाकावाङ्ग खानेपानी तथा सरसफाई आयोजना उपभोक्ता समिति सचिव नारायण खनालले जानकारी दिनुभएको छ ।

शिविरमा झाडापखाला, भाइरल ज्वरो, ढाँड कम्मर, टाउको दुख्ने, ग्यास्टिक, ब्लड प्रेसर र युरिकेसिड लगायतका बिरामी फेला परेको शिविरमा संलग्न स्वास्थ्यकर्मीहरुले जानकारी दिएका छन् । जस मध्ये अधिकांशमा झाडापखलाको समस्या देखिएको स्वास्थ्य कर्मीहरुले बताएका छन् । 

बर्षायाम संगै दुषित पिउनेपानी र भाइरलका कारण झाडापखला र ज्वरोका बिरामी बढि हुने हुंदा सर्तक हुनुपर्ने स्वास्थ्यकर्मीहरुको सुझाव रहेको छ ।पानीलाई उमालेर वा फिल्टर गरेर सुद्ध बनाएर मात्रै पिउनुपर्ने,खानाखानु अघि र पछि राम्रो संग साबुन पानीले हात धुनुपर्ने,घरायसी र ब्यक्तिगत सरसफाईमा बिशेष ध्यान दिनुपर्नेमा शिविरमा सहभागि स्वास्थ्यकर्मीहरुले जोड दिएका छन् । ढाकावाङ्ग स्वास्थ्यचौकी इन्चार्ज इशा खड्काको नेतृत्वमा सेवा प्रदान गरिएको शिविरमा बिरामीलाई चेक जांच गर्दा आवस्यक औषधि समेत निशुल्क बितरण गरिएको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!