अर्घाखाचिको मथुराखोलामा माघी मेला हुने

Posted on: 08 Jan, 2018

माधव वेल्वासे | पुस १४, कपिलवस्तु | बराहदह पर्यटकिय तथा धार्मिक समितिको आयोजनामा चौथो बराहदह माघि तथा सस्कृतिक मेलाको तयारी तिव्र रुपमा भएको छ । 

अर्घाखाचि जिल्लाको सितंगगा नगरपालिका ९ मथुराखोलामा सो मेला लाग्ने आयोजकले जनाएको छ ।मेलाको अवशरमा विभिन्न राष्ट्रिीय कलाकारको प्रस्तुती, भलिवल प्रतियोगीता,नृत्य प्रतियोगीता हुने संयोजक तथा प्रचार प्रसार संयोजक गणेश बेल्वासेले वताए ।

आयोजकले मेला लाई सफल वनाउन विभिन्न समिति उपसमिति समेत गठन गरिएको छ ।समिति संयोजकहरुले आ आफ्नो जिम्मेवारि पुरा गरिरहेको आयोजकले जनाएको छ ।प्रकृतिक रुपमा पनि अति सैन्र्दय मनमहक क्षेत्रको पर्यटकिय विकाश सहित विगत ३ वर्ष देखि स्थानियको पहलमा मेला लाग्ने गरेको वडा ९ का अध्यक्ष भिम केसिले वताए ।


सयौ वर्ष पहिला देखि माघे संक्रान्तिको दिन वराहावाजे संग इच्छाएको बर मागे पुरा हुने कगान्ति अनुसार यो दिन पुजा गर्ने चलन रहेको छ ।यस क्षेत्रमा लोपउन्मुख चरा धनुश तथा गोहि पाइने ठाउमा पनि चिन्न सकिन्छ ।

मेलालाई भव्य रुपमा सम्पन्न गर्न सवैको सहयोग आवश्यक रहेको मेला मुल आयोजक समितिका सचिव अनित सारुले जानकारी दिए ।मेलाको प्रचारप्रचार तिव्र रुपमा भईरहेको र मेला सफल पार्न संचारमाध्यको मुख्य भुमिका समेत रहेको प्रचारप्रचार समितिका संयोजक गणेश बेल्वासे वताए । 

शितगंगा ९ स्थित बराहादहको मथुराखोला किनारमा माघ १ गते देखि २ सम्म सञ्चालन हुने मेलाको स्टल, फिल्ड, बाटो, सिडि बनाउनेदेखि लिएर मेला स्थलको व्यवस्थापनका कामहरु सम्पन्न भइसकेका संयोजक बेल्वासेले वताए ।

त्यस्तै मेलाको उद्धघाटन पुर्व उपप्रधामन्त्रि तथा सांसद टोपवहादुर रायमाझीले गर्ने भएका छन ।वडा अध्यक्ष भिम बहादुर केसीले दिएको जानकारी अनुसार, रायमाझी घरदैलोको अभियान सगैं माघ १ गते शितगंगा ९ मथुराखोलामा आउने भएका हुन् । रायमाभःले मेलाको अवलोकन सगै सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!